कैलालीमा प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता सुरु

काठमाडौं : प्रथम निता स्मृति राष्ट्रिय उसु (सान्दा) प्रतियोगिता–२०८१ कैलालीमा सुरु भएको छ। सुदुरपश्चिम प्रदेश उसु संघको आयोजनामा तथा सुदुर पश्चिम प्रदेश खेलकुद परिषदको प्रबर्धनमा सुरु भएको प्रतियोगिताको उद्घाटन सुदुर पश्चिम प्रदेश सामाजिक बिकास राज्य मन्त्री सरस्वति खड्काले गरेकी थिइन्।

नैनादेवी रोड खुल्लामन्च धनगढीमा सुरु प्रतियोगितामा पहिलो दिन ४ वटा खेल भएका छन्। ४८केजी पुरुष समुहमा  लुम्बिनी प्रदेश लाई हराउदै सुदुर पश्चिम प्रदेशका दिपक चौधरी फाईनल प्रबेश गरेका छन्। यसैगरी महिला ७० केजी तौल समुहमा गण्डकीलाई हराउदै नेपाल प्रहरीका आयुसा महर्जन अर्को चरणमा प्रबेश गरेकी छिन्।  विभागीय नेपाल प्रहरी टिमसहित ७ वटा प्रदेशका १ सय ५० जना खेलाडीको सहभागिता रहेको छ। 

SHIKHAR COOL TECH

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य सचिव दिपक बहादुर सिह, नेपाल सरकार खेलकुद मन्त्री जनसम्पर्क प्रमुख लाल बहादुर जी सी, उसु महासंघ उपाध्यक्ष हरी थापा, महासंघका महासचिब लाक्पा छिरिङ लामा, सचिव एवं अन्तर्राष्ट्रिय प्रशिक्षक निकेस श्रेष्ठ, अन्तराष्ट्रिय उसु निर्णायक गोबिन्द्र बहादुर शाही,सुर्खेत उसु जिल्ला संघ अध्यक्ष सन्तोष बरैली उपस्थित थिए। 

सो अवसरमा स्वर्गीय राष्ट्रिय उसु खेलाडी निता खड्काको परिवारलाई आयोजक सुदुर पश्चिम प्रदेश उसु संघद्धारा १ लाख सहित सम्मान गरिएको छ। ‘यस्तै उद्घाटन सत्रमा विभिन्न खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ।

अन्तराष्ट्रिय खेलाडी  एलिसा खाति, राष्ट्रपति रडिङ शिल्डमा लगातार ३ पटक स्वण पदक विजेता सम्झना चौधरी,स्वर्गीय निता खड्काका प्रशिक्षक प्रेम बहादुर बिकलाई ११ हजार नगद सहित सम्मान गरिएको छ। यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक श्रेष्ठ र अन्तराष्ट्रिय उसु निर्णायक शाहीलाई पनि सम्मान गरिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार