दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ परिन् ‘सीएनएन’ को सूचीमा

काठमाण्डौ : दुई हप्तामै तीन पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा परेकी छिन् । पूर्णिमा सीएनएनको ‘द एक्सट्रिम एथ्लेट्स हु पुस्ड लिमिट्स इन २०२४’ को सूचीमा परेकी हुन्।

एकै याममा तीन पटक सगरमाथा आरोहण गर्ने उनी विश्वकै पहिलो महिला आरोही हुन् । फोटो पत्रकारसमेत रहनुभएकी पूर्णिमाले गएको मे १२, १९ र २५ मा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्।

पूर्णिमा सातौं अग्लो हिमाल धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । उहाँले सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग धौलागिरि आरोहण गरेकी थिइन् ।

सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै पूर्णिमाले गौरवान्वित महसूस गर्दै सन् २०२४ आफ्नो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताएकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार