चुरेका गाउँले गुमाएको चहलपहलः बाँदर, बाँझो र बसाइँसराइ

धनगढी : सुगम जिल्लाको दुर्गम चुरे गाउँपालिका–१ पालडी पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने प्रायः शून्य छ। फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन्, ‘बस्ती सबै रित्तो भयो, जताततै वनमाराको झाडी मात्रै छ।’

केही समय पहिला गाउँ पुग्दा बाक्ला घरहरु देखिन्थे । बाक्ला घरहरुको आगँनीमा पुग्दा धेरै मानिस देखिन्थे। अहिले भने ति घरहरुमा मानिस थिएनन् । घर वरपर बनमारा पलाएका थिए, झार जंगल पलाएका थिए । घरका झ्याल डोका खुल्लै थिए । वरपरका घरहरुमा भेटिएका केहि थान मानिसहरु पनि उमेरले जेष्ठ नागरिकहरु नै थिए ।

Seti Hospital

रित्तिएका घरहरुका खेतबारी पनि बाँझा थिए । घर वरपर झार जंगल बाहेक केहि थिएन । त्यस गाउँमा बाह्मण, क्षत्री,ठकुरी र दलित समुदायको मिश्रित बसाई छ । चाडपर्व र बेला मौकामा मात्र गाउँ फर्कने मानिसहरुका कारण गाउँमा चहलपहल हुन कुनै विशेष दिन पर्नपर्छ ।

गाउँ घर रित्तिदै जाने शिलसिला पालडीमा मात्र होइन चुरेका अधिकांश वस्तीहरुको यो साझा समस्या हो । यस गाउँबाट रोजगारीको लागी बर्षनी ४/५परिवारले गाउँ छोड्ने गरेका छन् । उता, शिक्षा र स्वास्थ्य सेवा गाउँ घरमा उपयुक्त नपाएका कारण पनि ग्रामीण समुदायको बसाई रित्तिदै गएको देखिन्छ ।

दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा भारत लगायतका सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ । भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरूको गुनासो छ । गाउँमा रहेका हरेक टोल सुनसान छन्।

उक्त गाउँकी दिपा देबी साउद भन्छिन् ‘पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुने गर्दथे। उत्पादन पनि राम्रै थियो, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले । गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो। ‘बस्ती सबै रित्तो भयो । अहिले घर भएपनी मानिस छैनन्, रित्तो बस्तीमा अहिले वनमारो भरिएको छ’, यहाँका सबै टोलमा यस्तै समस्या छन्।

यस्तै गुनासो गर्नुहुन्छ ५५ वर्षीय भीम बहादुर कामी । उहाँलाई छिमेकीका घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ। ‘निकै अप्ठ्यारो महसुस भएको छ, गाउँनै सुनसान भएको छ ।, सबै रोजगारीको सिलसिलामा भारत पसे । दुःखसुखका कुरा गर्ने न दौँतरी छन् न छिमेक नै ।’

यस्तै ठगि राम कामीले भने ‘सुविधा खोज्दै केही सहर पसे , कोही भारत गाए , कोही सपरिवार ब्याङ्गलोर पसे । गाउँमा काम छैन, युवा भारत पसेपछि परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ । मकै र धान लगायो बाँदर र बँदेलले सखाप पार्छ, वनमाराको झाडी भयो वनबाट खानेकुरा खोज्दै अलिअलि दुःख गरेर गाउँमै बसेका किसानलाई समेत छाड्नुपर्ने बाध्यता छ । उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने ?’ भएका अली अलि सन्तलाका बुटा पनि सुकेर गए । , उनी भन्छन्।

जङ्गली जनावरको आतङ्क

ग्रामीण बस्ती खाली हुनुको एक कारण जङ्गली जनावरको आतङ्क पनि हो। केही वर्षअघिसम्म आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन्। लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जङ्गली जनावरले नास गर्न थालेपछि पाखाबारी बाँझो छाडेर परिवारको गर्जो टार्न कामको खोजीमा भारतलगायतका सुविधासम्पन्न सहर पस्न थालेका छन् ।

‘केही वर्ष अघिसम्म परिवारलाई वर्षभरि खान पुग्ने कोदो, मकै, धान, गहुँलगायत बाली फल्ने गाउँका जमिन अहिले जङ्गली जनावरका कारण बाँझो पर्न थालेका छन्। केही वर्ष अघिसम्म परिवारलाई खान पुग्ने अन्न बारीमा फल्थ्यो। अहिले जङ्गली जनावरले बाली नपाक्दै नष्ट गरिहाल्छन्। बाँझो बारीले परिवारलाई खान पुग्दैन। गाउँका नागरिक काम गर्दै बालबच्चा पढाउँदै भारत पस्न थाले’, भिम कामीले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार