नेप्से परिसूचक २१ अंकले घट्यो !

काठमाडौं : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।

आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो ।

Seti Hospital

लघुवित्त एक दशमलव १२, म्युचुअफ फन्ड शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त समूह सबैभन्दा धेरै चार दशमलव ४७ र विकास बैंक समूह दुई दशमलव ६५ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ६१, जलविद्यूत् एक दशमलव ७३, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८१, निर्जीवन बीमा शून्य दशमलव १२ र व्यापार समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू २६ करोड १० लाख ८२ हजार छ सय ६४ बराबरको १० लाख ६५ हजार छ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार