गेटा विश्वविद्यालय सङ्घर्ष समिति र सुदूरपश्चिमका मुख्यमन्त्री शाह बिच छलफल

धनगढी : सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समिति र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बिच छलफल भएको छ । विश्वविद्यालयको विधेयक चाँडो पास गराउन दवाव दिने, प्रदेश मातहतका अस्पताल गेटा अस्पतालमा गाभ्ने लगायतका विषयमा आइतबार संघर्ष समिति र मुख्यमन्त्रीबिच धनगढीमा छलफल भएको हो ।

छलफलमा सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले प्रदेश सरकारले सेती, महाकाली अस्पताललाई गेटा अस्पतालमा मर्ज गरेर भए पनि गेटामा शिक्षण शिक्षा सञ्चालन गर्न लिएको तदारुकता प्रति धन्यावाद ज्ञापन गरे ।

उनले अहिले विश्वविद्यालयको विधेयकमा संसदमा पेस हुने तयारीमा रहेको अवस्थामा विश्वविद्यालयको विधेयक पास हुने बित्तिकै मेडिकल शिक्षण सुरु गर्ने वातावरण तयार गर्नमा प्रदेश सरकारले जोड दिनुपर्ने बताए । उनले विधेयक आउने बित्तिकै ३ सय शय्याको अस्पताल चलाउन समय लाग्ने भएकाले त्यति बेला सम्म सेती र महाकालीलाई गेटा अस्पतालमा मर्ज गरेर पठनपाठन सुरु हुने वातावरण बनाउनु पर्ने बताए ।

‘विधेयक आएपछि ३ सय शय्याको अस्पताल पनि बन्दै गर्छ । त्यो सँग सँगै सेती र महाकाली अस्पताल मर्ज गर्दा तत्काल पढाइ पनि सुरु गर्न सकिन्छ’ उनले भने ‘अहिलेको विधेयकमा सुदूरपश्चिमको आरक्षणको व्यवस्था गर्नका लागि पनि मुख्यमन्त्रीलाई पहल गरिदिन आग्रह गरे ।’

छलफलमा मुख्यमन्त्री शाहले आगामी हिउँदे अधिवेशनबाट विश्वविद्यालयको विधेयक प्रतिनिधि सभाबाट पास हुने अपेक्षा लिएको बताउँदै विधेयक पास भएपछि शैक्षिक सत्र सञ्चालन गर्नको लागि प्रदेश सरकारले के गर्न सक्छ भन्ने बारेमा छलफलमै रहेको बताए ।

‘आगामी शैक्षिक सत्र देखि के कसरी पठनपाठन सुरु गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्य मन्त्री सहित, पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्र मन्त्री आरजु राणा देउवा बिच छलफल भएको थियो । छलफल पछि हामीले सेतीलाई गेटा अस्पतालमा मर्ज गर्ने प्रक्रिया अगाडि बढेका छौ’ उनले भने ‘यस विषयमा प्रधानमन्त्री सँग पनि छलफल अगाडि बढिरहेको छ । सेती मात्रै मर्ज गर्दा कम परेको खण्डमा महाकाली, टीकापुर अस्पताललाई पनि मर्ज गर्ने गर्न सकिन्छ । हाम्रो उद्देश्य जति सक्यो चाँडो शैक्षिक सत्र सुरु हुनपयो भन्ने रहेको छ ।’

उनले विधेयकमा सुदूरपश्चिमको आरक्षण राख्नुपर्ने आफूहरूको पनि सरोकारको विषय भएकाले यस विषयमा पनि यस क्षेत्रका सांसदहरू सँग कुरा राख्ने बताए । उनले विश्वविद्यालयमा अहिले प्रदेश सरकारको भूमिका नराखिनु राम्रो नभएकाले यसका विषयमा पनि आफूहरूले आवाज उठाइरहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार