सेनाका हाकिम सुदूरपश्चिममा के गर्दैछन् ? कहाँ कहाँ पुगे

धनगढी : प्रधान सेनापति महारथी अशोक राज सिग्देलले  सुदूर पश्चिम पृतना र यसअन्तर्गतका विभिन्न युनिटहरूको निरीक्षण भ्रमण गरेका छन्।

२०८१ पौष १२ र १३ गते भएको भ्रमणको क्रममा उहाँले पृतनाको मुख्यालय र विभिन्न युनिटहरूको वस्तुस्थिति र जिम्मेवारी क्षेत्रका विविध पक्षहरूबारे जानकारी लिएका थिए।

SHIKHAR COOL TECH

यसैगरी, प्रधान सेनापतिले सकलदर्जालाई सम्बोधन गर्दै पृतनाको कार्यक्षमता र भविष्यका योजनाहरूका बारेमा पनि चर्चा गरे।

भ्रमणको क्रममा प्रधान सेनापतिले बैतडीस्थित श्रीवक्स गुल्म, बझाङस्थित वीरभद्रजंग गुल्म र डोटी जिल्लाको सिलगढीस्थित भैरव प्रसाद गणले सञ्चालन गरिरहेको सामुहिक तालिमको निरीक्षण गरेका थिए। सो क्रममा उनले तालिमको विविध पक्षहरूसँग सम्बन्धित जानकारी प्राप्त गरे। भने तालिमरत सकलदर्जालाई सम्बोधन समेत गरे।

प्रधान सेनापतिले सामुहिक तालिमका महत्त्वपूर्ण पक्षहरू र तालिमको गुणस्तर सुनिश्चित गर्नका लागि थप सुधारको आवश्यकता रहेकोमा जोड दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार