कैलाली : जलवायु परिवर्तनका कारण महिला, बालबालिका र युवामा परेको प्रभावबारे कैलालीको धनगढीमा सुदूरपश्चिम संवाद भएको छ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आयोजनामा सुरु भएको संवाद कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जलवायु परिवर्तन न्यूनीकरणका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता छ। कार्यक्रममा सुदूरपश्चिममा जलवायु परिवर्तनबाट पुगिरहेको असरलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल भएको छ।
पहिलो दिन परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले जलवायु परिवर्तनका असरले मानवजीवन र विकास पूर्वाधारमा गम्भीर क्षति पुगाइरहेको बताइन्। कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले जलवायु परिवर्तनको नीतिअनुरुप गरिरहेका गतिविधि म्बन्धमा सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्