बैतडी : बैतडीमा चट्याङ लागेर एकै वडामा ७ पशुचौपाया मरेका छन । जिल्लाको सुर्नया गाउँपालिका– ६ मा चट्याङ लागेर ७ चौँपाया मरेका हुन ।
शनिबार दिउँसो परेको चट्याङले वडाका धुलिधार र खर्काधार टोलमा क्षति पु-याएको बताईएको छ । चट्याङले स्थानीयहरुले पालेका घरपालुवा पशुचौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
विद्युतको लाइनमा परेको चट्याङले क्षति पु-याएको स्थानीयहरुले बताएका छन् । चट्याङले अधिकांश घरको वाइरिङ नष्ट गर्नुका साथै विद्युत मिटर समेत जलाएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्