आफैले निर्माण गरेको सफ्टवेयरमा एचटीएमएल कमान्ड दिँदै : किरण भट्ट

कैलाली : ठुलो हलको एक कुनामा एउटा ल्यापटप चलाउँदै आफैले निर्माण गरेको सफ्टवेयरमा एचटीएमएल कमान्ड दिँदै थिए किरण भट्ट । उनले २ लाइनको कोड टाइप गर्ने बित्तिकै सफ्टवेयरमा एक नयाँ बटन तयार भयो । जसमा अन र अफ लेखिएको थियो । त्यसपछि उनले त्यो बटनमा क्लिक गरे । बटनमा क्लिक गर्ने बित्तिकै एक सानो डिभाइसमा लाइट बल्छ । ‘ओरेन्ज १.०’ नाम दिइएको उक्त सफ्टवेयर गोदावरी आविष्कार केन्द्रले तयार पारेको हो । जसबाट चिम मात्रै अनअफ गर्ने नभएर मेसिनहरू नै कन्ट्रोल गर्न सकिने आविष्कार केन्द्रका उपाध्यक्ष समेत रहेका भट्टले बताए ।

‘अहिले निकै मिहेनत गरेर हामीले ओरेन्ज १.० सफ्टवेयर तयार पारेका छौ । अहिले सम्म यो एक पिस बिक्री पनि भएको छ । खरिद कर्ताले रामेछापको मोटरलाई काठमाण्डौंबाट कन्ट्रोल गर्न लगेका छन् । यस सफ्टवेयरबाट कमान्ड दिने बित्तिकै टाढैबाट विभिन्न उपकरण कन्ट्रोल गर्न सकिन्छ’ उनले भने ‘यसमा २ लाई कोड टाइप गरेर काम गर्न सकिन्छ ।’ उनले अहिले सम्म विद्यार्थीहरूले मोबाइलमा पाइने एप मार्फत सामान्य अन अफ गर्ने मेसिन बनाउने गरेकोमा पहिले पटक आफूहरूले धेरै काम गर्न मिल्ने सफ्टवेयर तयार गरेको बताए ।

गैर नाफा मूलक संस्थाका रूपमा गोदावरी आविष्कार केन्द्र सञ्चालन गरिएको भए पनि हाल सम्म राज्यका निकायबाट भने कुनै सहयोग नपाएको भट्टले बताए । दुर्गालक्ष्मी नमुना माविमा कम्प्युटर साइन्सको अध्यापन गराउँदै आएका भट्टले शिक्षण बापत पाएको तलब लगानी गरेर साँझ बिहानको समय आविष्कार केन्द्रलाई दिइरहेको बताए । ‘आविष्कार केन्द्रको भवन निर्माण गर्ने देखि लिएर हालसम्म करिब १८ लाख खर्च भइसकेको छ’ उनले भने ‘बैङ्कबाट लोन लिएर लगाएको लगानीको व्याज शिक्षण पेसाबाट आएको तलबबाट तिर्ने गरेको छु ।’

सोचे अनुसार आविष्कार केन्द्रमा लगानी लगाउन नसक्दा अहिले सञ्चालनका लागि निकै समस्या भएको उनले बताए । ‘आविष्कार केन्द्र सञ्चालन गर्नको लागि ठुलो हल निर्माण गरेका थियौ । जसमा कम्प्युटर ल्याब देखि लिएर अन्य इनोभेसनका लागि आवश्यक उपकरण राख्ने योजना थियो’ खालि हल नियाल्दै उनले भने ‘अहिले हल पुरै खाली छ । सोचेजस्तो काम गर्न सकिएको छैन ।’

उनले यस क्षेत्रका इनोभेसनमा रुचि भएका विद्यार्थीको रिसर्च गर्ने स्थानका रूपमा गोदावरी आविष्कार केन्द्रलाई विकास गर्न खोजेको भए पनि आर्थिक चुनौतीको सामना गर्नु परिरहेको बताए । उनले स्थानीय तह, लगायत राज्यका निकायमा पटक पटक आग्रह गर्दा पनि कतैबाट सहयोग नपाएको गुनासो गरे । उनले आर्थिक सहयोग भन्दा पनि स्टिम एजुकेसन तथा इनोभेसन सम्बन्धीका प्रोजेक्ट दिन पनि आनाकानी गर्ने गरिएको बताए । स्टिम स्कुलका रूपमा समेत आविष्कार केन्द्रलाई विकास गर्न खोजेका भट्टले स्टिम एजुकेसन र इनोभेसनलाई राज्यले उपेक्षा गरेका कारण सफल हुन नसकेको बताए ।

यस्ता काममा सुरुवाती चरणमा धेरै मिहेनत र संघर्ष आवश्यक पर्ने भएकाले राज्यको सहयोगको आवश्यकता पर्ने उनले बताए । ‘यस्तो कुरा सिधै बाहिर देखिँदैन । यहाँ कसैले केही कसैले केही गरेर मात्रै ठुलो काम देखिने हो । यहाँ एकै चोटि ठुलो अपेक्षा लिइन्छ’ उनले भने ‘अहिले यही कारणले हामी अझै धेरै पछि छौ ।’

उनले स्टिम एजुकेसनको बारेमा राज्यको ध्यान आकर्षित गर्न पछिल्लो समय विभिन्न आविष्कार गरेका बालबालिकाको भेला गरेर जनप्रतिनिधि बोलाउने कार्यक्रम गर्ने तयारी गरेको बताए । रोबोट, मोटरसाइकल, गाडी, विभिन्न सफ्टवेयर लगाएका सामाग्री निर्माण गरेका २० जना विद्यार्थीलाई भेला गरेर गोदावरीका नगरपालिकाका प्रमुखको प्रमुख आथित्यतामा कार्यक्रम गर्ने योजना बनाएको बताए । कार्यक्रमबाट राज्यका निकायको ध्यान आकर्षित हुने अपेक्षा लिएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार