सुनचाँदीको मुल्यमा सामान्य गिरावट

काठमाडौँ : आज सुनचाँदीकै मूल्य घटेको छ। शुक्रबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँचसय रुपैयाँ घटेको हो।

मूल्य घटेर आज सुनको भाउ प्रतितोला एक लाख पचास हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सातसय रुपैयाँ थियो।

Seti Hospital

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि घटेको छ। तोलामा २५ रुपैयाँ घटेर आज चाँदीको मूल्य एक हजार सात सय ९० रुपैयाँ कायम भएको छ। गएको शुक्रबार चाँदीको मूल्य एक हजार आठसय १५ रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार