कैलाली : कैलालीको अत्तरियाका गल्लीको नाम नै अपमानित हुने गरेर प्रहरीले टिपोट गर्ने गरेको पाइएको छ । शनिवार अत्तरियाबाट प्रहरीले २ जनालाई लागू औषध सहित पक्राउ गर्दा उनीहरू पक्राउ परेको ठाउँको नाम नै बदनाम गल्ली टिपोट गरेको पाइएको हो ।
जबकि गल्लीको बेइज्जत गर्ने गरी केही व्यक्तिले नाम विगारेको बन्दै स्थानीयले विरोध गर्दै आएका छन् । स्थानीयले गल्लीको नाम बिगारेर आफूहरूको मर्यादामा आँच पुर्याएको भन्दै २ वर्ष अघि नै गल्लीको नाम आदर्श गल्ली राखेका थिए ।
त्यसपछि आदर्श गल्लीका नामले चिनिँदै आएको ठाउँलाई फेरी प्रहरीले नै बदनाम गल्ली नामकरण गरेर आफ्नो वेबसाइटमा समेत सूचना प्रकाशन गरेको छ ।
प्रहरीले प्रकाशित गरेको सूचनामा गोदावरी नगरपालिका – २ बदनाम गल्ली लेखिएको छ । प्रहरीले शनिवार साँझ लागू औषध सहित स्थानीय २१ वर्षीय अमित सार्की र २५ वर्षीय वीरेन्द्र साउँदलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्