हिउँदे बर्षाले  बालीनालीमा फाइदा, किसानहरु खुसी

बैतडी : पछिल्लो समयमा भएको हिउँदे बर्षाले किसानहरु खुसी भएका छन् । शुक्रबार रातिदेखि मौसममा बदली भई शनिबार भएको हिउँदे बर्षाले बालीनालीमा फाइदा पुगेको किसानहरुले बताएका छन् ।

यो बर्षाले बालीनाली तथा हिउँदे फलफूलमा सिँचाइको काम गरेको कृषि प्राविधिकहरुले बताएका छन् । कतिपय ठाउँमा खडेरीले बालीनाली सुक्नै लागेका बेला भएको बर्षाले राहत मिलेको स्थानीयहरुले बताएका छन् ।

खास गरेर सिँचाइ सुविधा नभएका ठाउँमा हिउँदे बर्षाले सिँचाइको काम गरेको किसानहरुले बताएका छन् । हिउँदे बर्षाले बालीनालीमा निकै फाइदा पुगेको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताए । लामो समयपछि बालीनालीका लागि पुग्ने गरेर बर्षा भएकोले बालीनाली सप्रिन सहयोग पुग्ने कृषि प्राविधिकहरुले बताएका छन् ।

यसैबीच हिउँदे बर्षा भएपछि पहाडी तथा हिमाली क्षेत्रमा चिसो बढेको छ । बर्षासंगै कतिपय उच्च लेकाली क्षेत्रहरुमा हिमपात भएकाले चिसो बढेको हो । चिसोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार