ढुंगा लागेर बझाङमा एक महिलाको मृत्यु

बझाङ : बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर थलारा गाउपालिका–९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयमसेविका पच्चकला जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

हिजो दिउँसो घटना घटेको हो। हिजोदेखि परिरहेको वर्षाकाका कारण कच्ची सडकको माथिबाट ढुङ्गा खसेको अनुमान गरिएको छ। मृतक मालुमेलावाट हिजो दिउँसो  आफ्नो घर आमवगर जादै गरेको मृतकका आफन्तले बताएका छन्। घटनास्थल मालुमेलाको विद्यालयभन्दा करिव ५÷७ मिनेटको पैदल दुरीमा पर्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार