दार्चुला – दार्चुलाको लेकम गाउँपालिका – २ कैनोडास्थित साच्चोरीमा सुख्खा पहिरोले खानेपानीको मुहानमा क्षति पुर्याएको छ ।
शुक्रबार राति खसेको सुख्खा पहिरोका कारण साच्चोरी बस्तीका स्थानीयले प्रयोग गर्ने दुईवटा खानेपानीको मुहानमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
लेकम गाउँपालिका – २ का स्थानीय केशवराज जोशीका अनुसार शुक्रबार राति गएको सुख्खा पहिरोले साच्चोरीमा २ वटा खानेपानीका (न्वालो) मुहानमा पूर्ण रुपमा क्षति भएको छ । कैनोडा साच्चौरीका १२ घरधुरीले प्रयोग गर्ने पानीको मुहानमा क्षति पुगेपछि पिउने पानीको समस्या सुरु भएको छ ।
गएराति एक्कासी गएको सुख्खा पहिरोको कारण स्थानीय गोपाल दत्त जोशीको उखुबारीमा पनि क्षति पुगेको छ । स्थानीय १२ घरधुरीले प्रयोग गरिरहेका दुईटा खानेपानीका मुहानमा पूर्ण क्षति गरेपछि स्थानीय डेढ घण्टाको बाटो हिँडेर खानेपानीको लागि कैनोडा मुहान जानुपर्ने बाध्यता परेको स्थानीयले जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस्