जालपादेवी केवलकारको शिलान्यास परराष्ट्र मन्त्री आरजु राणाले गर्ने !

धनगढी : परराष्ट्र मन्त्री एवं नेपाली काङ्ग्रेस नेतृ आरजु राणा देउवाले आज कैलालीको पर्यटकिय क्षेत्र मोहन्याल ७ धुलिकोट राजकाडा र लम्किचुहा ३ कर्णाली  चिसापानीमा निर्माण गर्न लागीएको जालपा देवि केबलकारको दिउँसो १ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

केबलकार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सँगै कैलालीका पूर्व जिल्ला समन्वय समिति का प्रमुख सूर्यबहादुर थापाको लगानीमा निर्माण गर्न लागिएको हो ।

Seti Hospital

परियोजना एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।केवलकार निर्माणकार्य का लागि  करिब ७ अर्व बराबरको आर्थिक लगानी लाग्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा पहिलो निर्माण हुने केवलकार सम्पन्न भए बाइसे चौबीसै राज्य  बिस्तार संगै  दुल्लु राज्य बाट अलग भइ   बि स १६२५मा रास्कोटी ठकुरी मलय बर्मा  खानदान का  प्रभात रायाले  स्थापना भएको एतिहासीक धुलिकोट भित्र पर्ने कालिका भगवती मन्दिर ,जग्नाथ मन्दिर भैरव मन्दिर ,जालपा मन्दिर ,रानिकुवा हातिढुङ्गा ,टुडिखेल ,सुर्य दोय सुन्दर कर्णाली नदि कर्णाली  पुल ,बर्दिया र कैलालीको  सुन्दर रमणीय दृश्य अवलोकन गर्न दैनिक हजारौं  आन्तरिक र बिदेशी पर्यटन हरु भित्रीने छन् ।

त्यही क्षेत्रबाट कर्णाली त्रिवेणि धाम ,कर्णाली प्रदेशको देउती बज्यै ,काक्रेबिहार ,दैलेख को पन्चकोशी क्षेत्र ,दैलेख एतिहासीक कोतगढी ,भुर्तिका २२ वटा पन्चदेवल ,बेलासपुर बटुब भैरव , रारा हुदै कैलाश मानसरोवर जाने छोटो दुरीको राजमार्ग पर्दछ।सुदूरपश्चिम प्रदेश को  पदमप्रकाशेस्वर  सत्ती महादेव मन्दिर टिकापुरपार्क ,बर्दगोरिया ,घोडाघोडी ताल,गर्भा दरवार ,गोदावरी बेहडाबाबा डोटिको बडीकेदार ,शैलेस्वरी,अछाम को बैजनाथ धाम बाजुरा को बडीमालिका ,खप्तड ,अपि सैपाल हिमाल समेतको पर्यटन हरुले अवलोकन गर्न सक्ने छन् ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सहित ३ प्रदेसीय पर्यटन को प्रचुर सम्भावना बोकेको क्षेत्र हो धुलिकोट राजकाडा चिसापानी कर्णाली ।

परियोजनाको शिलान्यास गर्न परराष्ट्रमन्त्री देउवा हिजो नै सुदूरश्चिम पुगिसकेकि छिन ।  उनी प्रेस युनियन र प्रेस चौतारी प्रदेश समितिको संयुक्त आयोजना हुने  आज  बिहान ९ बजे  धनगढी होटल फ्लोरामा नेपाल पत्रकार महासंघ को २७ औं अधिवेशन बाट निर्वाचित जिल्ला शाखा कार्यसमिति कैलालीको पदस्थापाना र सुदूरपश्चिम प्रदेश  कार्यसमिति प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्य हरु शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।अन्य कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपाल् का अध्यक्ष गणेश बस्नेत र महासचिव हिरा लामा नेपाल  प्रेस युनियनका अध्यक्ष शिव लम्साल पनि हिजो नै धनगढी आइसक्नु भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार