जनकपुर : नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरको जानकी मन्दिरमा मनाएका छन् ।
आज (शनिबार) बिहान जानकी मन्दिर परिसरमा मनाइएको राजदूत दम्पतीको वैवाहिक वर्षगाँठमा स्वस्तिक वाचन समेत गरिएको थियो । राजदूत फेन दम्पतीले नेपाली पोसाक लगाएका थिए ।
वैवाहिक वर्षगाँठमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायतको सहभागिता थियो ।
राजदूत फेन दम्पतीले जानकी मन्दिर माया, आस्था र विश्वासको प्रतिक रहेकाले आफूहरुले वैवाहिक वर्षगाँठ यही मनाएको बताए ।
प्रतिक्रिया दिनुहोस्