अछाम : निर्माण सुरु भएको तीन दशकपछि अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान हुँदै छ। आज दिउसो ११ बजे तारा एयरको जहाज कमलबजार विमानस्थलमा परीक्षण उडान गर्ने भएको हो।
परीक्षण उडानका लागी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगायतको टोली काठमाडौंबाट नेपालगन्ज उडेको छ। परीक्षण उडानका लागी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, निर्देशक बाबुराम पौडेल पनि आउने बताइएको छ।
निर्माण सुरु भएको लामो समय सम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान हुन लागेको हो।
२०४९ सालदेखि कमलबजार विमानस्थलको निर्माण सुरु भएको थियो। निर्माण सम्पन्न भएर सञ्चालनको तयारी हुँदा तत्कालीन माओवादीले आक्रमण गर्दा विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै बन्द भएको थियो।
प्रतिक्रिया दिनुहोस्