कैलाली र कञ्चनपुरबाट २ लाखको अवैध सामान बरामद

कैलाली : कैलाली र कञ्चनपुरबाट प्रहरीले २ लाखको अवैध सामान बरामद गरेको छ । शुक्रवार धनगढी उपमहानगरपालिका – ९ बङग्राकटान, भजनी नगरपालिका – ३ काँडा पुल नजिक, टीकापुर नगरपालिका – ९ बालुवाटार र जोशीपुर गाउँपालिका – ३ लक्कडबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ९८ हजार ५ सय बराबरको सामान बरामद गरिएको छ ।

जसमा प्याज, चिनी, सरप, बिडी, सुर्ती, मोजा, पाल, विषादी, सिद्रा माछा  लगायतका सामानहरू रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै भीमदत्त नगरपालिका – १० भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका १ लाख ४ हजार ९६० रुपैयाँ बराबरको चिनी, मिस्री, मटर, खाने तेल, किराना, हार्डवेयर लगायतका सामानहरू बरामद गरिएको प्रहरीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार