कञ्चनपुरमा आफैंलाई गोली हानेका प्रहरी जवान बोल्न थाले !

धनगढी : कञ्चनपुरमा आफैंमाथि गोली चलाएका प्रहरी जवान चक्रप्रसाद न्यौपानेको स्वास्थ्य अवस्था स्थिर रहेको छ । शुुक्रबार साँझ करीब ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा आफैंमाथि गोली प्रहार गरेका न्यौपानेको टाउकोमा गोली लागेको छ ।

उपचारका लागि तत्कालै धनगढीको नवजीवन अस्पताल पुगाइएका न्यौपानेलाई थप उपचारका लागि कोहलपुुर मेडिकल कलेज लगिएको छ । न्यौपाने बोल्न थालेको प्रहरी स्रोतले जनाएको छ तर उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको छ ।

अछाम स्थायी घर भएका न्यौपानेले प्रबन्ध शाखामा कोही नभएका बेला आफैंमाथि गोली चलाएको कञ्चनपुर प्रहरीले जनाएको छ । गोली चलेको आवाज सुनिएपछि प्रबन्ध शाखामा पुग्दा न्यौपाने गोली लागेको अवस्थामा ढलेका भेटिएका थिए । उनले आफैंमाथि किन गोली चलाए रु भन्ने कुरा खुलेको छैन् । घटनाबारे अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार