काठ कटान तथा ओसारपसार मुद्दामा फरार ३ जना पक्राउ

अछाम : काठ कटान तथा ओसारपसार मुद्दामा फरार रहेका अछामका ३ जना पक्राउ परेका छन्। अछामको तुर्माखाद गाउँपालिका–६ बस्ने माङ्गली देवी जैशी, तारा देवी साउद र हर्क विक पक्राउ परेका हुन्।

तीनै जनालाई जिल्ला अदालत अछामको फैसलाले काठ कटान तथा ओसारपसार मुद्दामा २२ हजार ४११ जरिवाना ठहर गरेपछि फरार रहेका थिए। फरार रहेका तीनै जनालाई शुक्रवार प्रहरी चौकी भौरवस्थान, अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार