कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरीले आफैँमाथि गोलि प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले आफैँमाथि गोलि प्रहार गरेका हुन् ।
गोलि प्रहार गरेपछि घाइते भएका न्यौपानेलाई उपचारका लागि महाकाली अस्पताल लगिएको कञ्चनपुर प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् ।
यता महाकाली अस्पताका चिकित्सकका अनुसार न्यौपानेको अवस्था गम्भीर छ ।
एक प्रहरीका अनुसार जवान प्रबन्ध शाखामा हतियार मिलाउने र रेकर्ड राख्ने जिम्मेवारी पाएका न्यौपानेले सोही बेलामा आफूमाथि गोलि चलाएका थिए । हाल घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्