गृहनगरमा जनकपुर बोल्ट्सलाई भव्य बधाई

जनकपुर : नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको छ । जनकपुर बोल्ट्सले शुक्रबार जनकपुरको प्रस्तावित रामजानकी बहुउदेश्यी अन्तर्राष्ट्रिय रंगशालाबाट परिसरबाट विजयी यात्रा थालेका हुन् । 

जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेख, कप्तान अनिल साह, ललित राजवंशी, शेर मल्ललगायतका खेलाडीहरू र्‍यालीमा सहभागी थिए । त्यस्तै नेपाल क्रिकेट संघका उपाध्यक्षसमेत रहेका बोल्ट्सका सञ्चालक रोशन सिंह र धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे पनि र्‍यालीमा सहभागी छन् ।

फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विजयी र्‍यालीको शुभारम्भ गरेका हुन् ।

जनकपुरको थापाचोक हुँदै नगरको विभिन्न भागमा ट्रफी, जनकपुर बोल्ट्सका खेलाडीसँगै सयौं प्रशंसक पनि र्‍यालीमा सहभागी भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार