आज परराष्ट्रमन्त्री आरजु राणा धनगढी आउदै !

धनगढी : परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार कैलालीको धनगढी आउने कार्यक्रम तय भएको छ । कैलालीको चिसापानीमा निर्माण हुन लागेको जाल्पादेवी केबुलकारको शिलान्यास गर्न उनि कैलाली आउन लागेको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

कैलालीको चिसापानीमा केबुलकार निर्माणका लागि हालसम्म १ हजार ८०० भन्दा बढी रुख कटान भइसकेको छ । २० बिघा जग्गा परियोजनाको नाममा दर्ता भइसकेको बताइएको छ । यो केबुलकार परियोजना नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको नेतृत्वमा निर्माण हुन लागेको हो ।

SHIKHAR COOL TECH

सात अर्वको लागानीमा निर्माण हुन लागेको जालपादेवी केबुलकारले धार्मिक पर्यटन प्रवर्धन गर्ने र क्षेत्रीय आर्थिक गतिविधिलाई बढावा दिन महत्वपूर्ण भुमिका खेल्ने लागानी कर्ता सूर्यबहादुर थापाले बताए। एक वर्षमा काम सम्पन्न गर्नेगरी निर्माण कार्य सुरु गरिएको थापाले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार