धनगढीमा बनिरहेको सडकको ६५ प्रतिशत काम पूरा

धनगढी : धनगढीको मुख्य बजार क्षेत्रमा निर्माण भइरहेको सडकको ६५ प्रतिशत काम पूरा भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बनिरहेको कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्मको सडकको भौतिक प्रगति आधाभन्दा बढी भएको हो।

काम तदारुकताका साथ भइरहेको पूर्वाधार विकास कार्यालयका साइट इन्चार्ज इन्जिनीयर हर्कराज जोशीले बताए। “कालोपत्रेको काम सुरु भइसकेको छ”, उनले भने,“तापक्रमले साथ दिएमा कालोपत्रेको काम चाँडै पूरा हुन्छ।” धनगढीको मुख्य बजार क्षेत्रमा रहेको यो सडक विस्तारका लागि दुई वर्ष अगाडि धनगढी उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रमा परेका थुप्रै संरचना भत्काएको थियो।

Seti Hospital

२/३ किलोमिटर लामो बन्ने कालोपत्रे सडकको चौडाइ ३० मिटर तोकिएको छ। धनगढीकै केएस कन्स्ट्रक्सन प्रालिसंग २०८० वैशाख २७ मा ठेक्का सम्झौता भएको थियो। यसको समायवधि २०८२ वैशाख २६ गतेसम्म रहेको छ। तोकिएको अवधिमा काम पूरा हुने इन्जिनीयर जोशीले बताए।

सडकको कुल लागत भ्याटसहित ५१ करोड ६८ लाख ७८ हजार रुपियाँ रहेको छ। चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। निर्माण कम्पनीले हालसम्म कुल लागतको ५० प्रतिशत रकम भुक्तानी लिइसकेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार