करेन्ट लागेर कञ्चनपुरकी एक युवतीको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-७ खैरेनीका रामकुमार थापाको घर निर्माण गर्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका-४ बस्ने २८ वर्षीया मनिका कठरीयाको मृत्यु भएको हो ।

सरिया उठाउने क्रममा बिजुलीको हाइटेन्सन तारमा छुन गई करेन्ट लागेर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै उपचारको क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार