लिम्बू भाषामा चलचित्र ‘सेक्मुरी’ निर्माण हुने !

काठमाडौँ : चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ । लिम्बू भाषामा निर्माण हुने चलचित्र ‘सेक्मुरी’को ललितपुरको हात्तीवनस्थित माङहिममा शुभमुर्हत गर्दै निर्माण घोषणा गरिएको हो । 

लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा लेखन तथा निर्देशन सुर्यप्रकाश चेम्जोङको रहेको छ । शुभमुर्हत कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्ष ज्योतिराज राई, नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घका निवर्तमान सङ्घीय अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका सङ्घीय सचिव यासेली योङहाङ लगायतका कलाकारको उपस्थिति रहेको थियो । 

पुस २३ गतेबाट चलचित्रको छायाङ्कन सुरु हुने निर्देशक चेम्जोङले जानकारी दिए । उनका अनुसार ‘सेक्मुरी’को छायाङ्कन पाँचथर, इलाम, काठमाडौँ र हङकङमा हुनेछ । रविनकुमार नाल्बो, चन्द्रकला नेम्बाङ, पूर्ण सेलिङ, घनेन्द्रराज फियाक, माया तामाङ र सुनाहाङ जबेगु निर्माण रहने ‘सेक्मुरी’को लागत ७५ लाख रहने निर्माणपक्षले जनाएको छ ।

‘मरेको मान्छेले सम्मान पाउनुपर्छ र प्रेमले जीवित या मृत आत्म उत्तिकै सम्बन्ध राख्छ’ भन्ने चलचित्र ‘सेक्मुरी’को मुख्य कथा हो । चलचित्रमा प्रेम सुब्बा, सागर केरुङ, बबिता फोम्बो, नरेश वनेम, पबी तेम्बे, पूर्ण सेलिङ, याम नेयोङ, इन्दु तुम्सा, डिआर हाङसरुम्बा, अल्का चोङबाङ, जानुका लिम्बु लगायतको अभिनय रहने छ । 

युवराज राईको छायाङ्कन, यासेली योङहाङको गीत, अशोक मुकारुङको सङ्गीत, साहिल खानको सम्पादन रहने चलचित्र २०८२ मा प्रदर्शनमा ल्याइने निर्देशक चेम्जोङले जानकारी िदिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार