धनगढीका नापतौल कार्यालयले सडकको क्षेत्राधिकार खाली गर्न अटेरी गर्दै !

धनगढी : धनगढी स्थित ६ लेन सडकमा गुणस्तर तथा नापतौल कार्यालय धनगढीले सडक क्षेत्राधिकार खाली गरेको छैन। पर्खाल सार्न सङ्घीय सरकारले पाँच लाख बजेट दिए पनि अहिलेसम्म इस्टिमेट समेत तयार भएको छैन।

धनगढीका अन्य सरकारी कार्यालयले सेटव्याक सहितको क्षेत्र खाली गरे पनि ६ लेन सडकमा नापतौल कार्यालयले भने पर्खाल सार्न अटेरी गर्दै आएको छ। बजेट अभाव रहेको बताउने कार्यालयले आर्थिक वर्षको ६ महिना हुनै लाग्दा पनि स्टिमेटसमेत तयार गरेको छैन।

धनगढीका अन्य सरकारी कार्यालयले सडक क्षेत्राधिकार खाली गरिसकेका छन् भने नापतौल कार्यालयले अहिलेसम्म इस्टिमेट समेत बनाएको छैन। पर्खाल सार्न पाँच लाख बजेट आएको भए पनि काम गर्न ढिलाइ भइरहेको छ। तर, इस्टिमेट समेत तयार नगरेका कार्यालय प्रमुख शम्भु आचार्यले इस्टिमेट तयार गरेको भन्दै झुटो बोलेका छन्। ‘हामीले इस्टिमेट तयार गरिसकेका छौँ। छिटै काम हुन्छ। पर्खाल सराउनुपर्ने काम मात्रै छ। त्यो गरि हाल्छौँ,’ आचार्यले भने।

६ लेन सडक क्षेत्रको नेसनल ट्रेडिङ नजिकै रहेको कार्यालयले करिब ३० मिटर पर्खाल सराउन सकेको छैन। बजेट हुँदा हुँदै पनि कार्यालयले काम गर्न नसकेको हो।

कार्यालय प्रमुख आचार्यले इस्टिमेट तयार भइसकेको बताए पनि पाँच लाख बजेटको इस्टिमेट तयार नहुँदा काम गर्न समस्या भएको हो। पाँच लाख बजेटको काम गर्न कार्यालयलाई हम्मेहम्मे परेको छ। धनगढी उपमहानगरपालिकाले पटकपटक ताकेता गर्दा समेत कार्यालयले बजेट आउँदासमेत सडक क्षेत्राधिकार खाली गर्न तत्परता देखाएको छैन। बजेट कम भएकाले विभागले बजेट थपिदिन्छ कि भनेर काम अगाडि बढाउन ढिलो भएको कार्यालय प्रमुख आचार्यले बताए।

धनगढी उपमहानगरपालिकाले सरकारी कार्यालयहरूलाई सडक क्षेत्राधिकार खाली गर्न लगाएर उक्त ठाउँहरूमा सार्वजनिक पार्किङ स्थल निर्माण गर्ने निर्णय गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार