मोटरसाइकल दुर्घटनामा परी जनस्वास्थ्य निरीक्षक खत्रीको मृत्यु

धनगढी : दुर्घटनामा परी जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु भएको छ । धनगढीमा आयोजना भएको तालिममा सहभागी हुन आउँदै गर्दा ऊनी दुर्घटनामा परेका हुन् ।

धनगढीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु भएको हो । खत्री बाजुराको बढीमालिका नगरपालिका-७ स्थित चुथी स्वास्थ्य चौकीमा कार्यरत थिए ।

Seti Hospital

प्रहरीका अनुसार बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढी आउँदै गरेका दुईवटा मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

डोटीको शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप्रप ०१००७११प नम्बरको मोटरसाइक पछाडिबाट ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी-५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२प ९४१६ नम्बरको मोटरसाइकलमा खत्री पछाडि सवार थिए ।

दुर्घटनामा मोटरसाइकल चालक पुरनको पेट र मुखमा चोट लागेको छ।  खत्रीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा बिहीबार साँझ मृत्यु भएको हो । घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार