काठमाडौँ : अभिनेत्री स्वस्तिमा खड्काले नेपाल क्रिकेट लिग (एनपीएल)मा इमर्जिङ प्लेयर अवार्ड जितेका क्रिकेटर विपिन शर्मालाई आइफोन उपहार दिएकी छन् । कर्णाली याक्सका विपिनलाई एनपीएलमा राम्रो खेल प्रदर्शन गरेको भन्दै स्वस्तिमाले फोन उपहार दिएकी हुन् । उनी कर्णाली याक्सकी प्रवर्धन दूत समेत हुन् ।
क्रिकेटर शर्माले आफूले पाएको गिफ्ट र स्वस्तिमाले दिएको लिखित नोट पनि शेयर गरेका छन् । नोटमा स्वस्तिमा लेख्छिन्, ‘एनपीएलमा तिम्रो यो अविश्वसनीय सफलताप्रति बधाई छ । यो फोन तिम्रो कडा परिश्रम र समर्पणको लागि प्रशंसाको सानो प्रतीक हो । यसले तिम्रो जीवन र मैदानमा दुबैतिर अनगिन्ती राम्रो कलहरू ल्याउन सकोस् । तिमीले उत्कृष्ट अवसरहरू पाउन सकोस् भन्ने शुभकामना ।’
१६ वर्षीय शर्माले एनपीएलमा कर्णालीका लागि १३ विकेट लिएका थिए । उनी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीहरुको सूचीमा पाँचौँ स्थानमा रहन सफल भएका थिए ।
प्रतिक्रिया दिनुहोस्