धनगढी : परराष्ट्रमन्त्री आरजु राणा देउवा भोलि कैलाली आउने भएकी छिन् । भोलि साँझ साढे ४ बजे नियमित हवाई उडान मार्फत उनी धनगढी आउन लागेकी हुन ।
कैलाली आउन लागेकी आरजुको विमानस्थलमा स्वागत कार्यक्रम राखिएको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकायाले बताएका छन । मन्त्री आरजु शनिबार कैलालीको चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
केबुलकारको परराष्ट्रमन्त्री आरजुले शिलान्यास गर्ने कार्यक्रम तय भएको सञ्चालक सूर्यबहादुर थापाले जानकारी दिएका छन । केबलकार निर्माणका लागि एक हजार आठ सय बढी रुख कटान भइसकेको छ भने २० बिघा जग्गा पनि जालपादेवी केबुलकारको नाममा आइसकेको बताइएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले जालपादेवी केबुलकार निर्माण गर्न लागेको हो । अध्यक्ष ढकाल चन्द्रागिरि केबुलकारका सञ्चालकसमेत हुन ।
प्रतिक्रिया दिनुहोस्