नेप्से परिसूचक ४.१९ अंकले बढ्यो !

काठमाडौं : सेयर बजारको मापक नेप्से परिसूचक आज(बिहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।

बिहीबार कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेचबाट पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भएका छन् ।

Seti Hospital

सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ । बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन् । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार