धनगढीमा पुस १४ गतेदेखि १६ गतेसम्म प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुने !

धनगढी : कैलालीको धनगढीमा यही पुस १४ गतेदेखि १६ गतेसम्म प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । संघले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको छ । प्रतियोगिता सञ्चालनको तयारी ९० प्रतिशत पूरा भइसकेको र बाँकी १० प्रतिशत तयारी दुई दिनभित्रै सकिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उदेश्य उसु खेलाडी स्वर्गीय निता खड्का प्रतिको सम्मान,निजका आमाबुवा,घरपरिवार र समाजमा परेको दुःख र शोक कम गराउने प्रयास,शोकाकुल परिवारका लागि हामी पनि साथमै छौँ भन्ने सन्देश दिने रहेको संघका कार्यबाहक अध्यक्ष राजीव गुप्ताले जानकारी दिए । 

धनगढी सूचना

प्रतियोगिताबाट खेलकुद क्षेत्रमा लागेका छोराछोरीका अभिभावकलाई राष्ट्रले पनि सम्मान गरी रहन्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए । प्रतियोगितमा तीन विभागीय ९नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी० र सात प्रदेशका सात टिम गरी १० टिमको सहभागिता हुने उनले जानकारी दिए ।

प्रतियोगितामा सान्सौं ९सान्दा० विधा मात्र सञ्चालन गरिने जनाइएको छ । सिनियर र जुनियर गरी १ सय ९६ खेलाडी रहने र १ सय ८ पुरुष तथा ८८ महिला रहने अध्यक्ष गुप्ताले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव रु।४८ लाख २५ लाख ७५० लाग्ने तथा खेल सामग्री खरिद सहित प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले रु।२० लाख विनियोजन गरेको र बाँकी केही रकम विभिन्न संघसंस्थाहरुबाट उठ्ने अनुमान गरिएको अध्यक्ष गुप्ताको भनाइ छ । प्रतियोगिता धनगढीको खुला मञ्चसँगै रहेको कर्मचारी संचय कोषको खुला मैदानमा हुने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार