कैलालीमा खेल्न गएका ४ बालक बेपत्ता भएपछी…

कैलाली : कैलालीको भजनी नगरपालिका-७ चर्राका ४ जना बालक बुधबार दिउँसो खेल्ने भन्दै घरबाट एकसाथ निस्किए । १२ वर्षीय नितेश चौधरी, १० वर्षीय सुनिल चौधरी, ९ वर्षीय अस्मित चौधरी र ११ वर्षीय यज्ञ चौधरी खेल्ने भन्दै घरबाट साइकलमा निस्किएका थिए । तर, उनीहरु राति साढे ९ बजेसम्म पनि घर फर्किएनन् ।

खेल्न गएका बालकहरु राति अबेरसम्म पनि घर नफर्किएपछि उनीहरुका परिवारले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय भजनी, प्रहरी चौकी पृथ्वीपुरका १० जना प्रहरी र ३५ जना स्थानीयले रातभर उनीहरुको खोजी गरे । चारै जना कतै फेला नपरेपछि राति १ बजे खोजी कार्य स्थगित गरिएको थियो ।

धनगढी सूचना

बिहीबार बिहानैदेखि उनीहरुको फेरि खोजी गर्न थालियो । खोजि गर्दै जाँदा चारै जना भजनी–९ को बिजुलियामा सकुशल फेला परे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले सम्पर्कविहीन भएका चार जनामध्ये बिजुलियामा एक जनाको फूपुको घर रहेको र उनीहरु राति उतै गएर बसेका पाइएको बताए ।

उनकाअनुसार उनीहरु यज्ञको फूपु अस्मिता चौधरीको घरमा राति बसेको पाइएको छ । सकुशल भेटिएका बालकहरुलाई परिवारको जिम्मा लगाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार