विश्वको सबैभन्दा ठूलो अटो निर्माता टोयोटाको उत्पादन लगातार १० महिना घट्यो !

काठमाडौं : जापानी अटो निर्माता टोयोटाको विश्वव्यापी उत्पादन लगातार दशौँ महिनामा पनि घटेको छ । अमेरिका र चीनमा बढेको मागका कारण यसको बिक्री भने पछिल्ला दुई महिना लगातार बढेको छ ।

विश्वको सबैभन्दा ठूलो गाडी निर्माता टोयोटाले गएको नोभेम्बरमा आठ लाख ६९ हजार २३० गाडी उत्पादन गरेको छ । अघिल्लो वर्षको यसमै महिनाको तुलनामा टोयोटाको उत्पादन ६.२ प्रतिशतले घटेको हो ।

धनगढी सूचना

अमेरिकामा टोयोटाको उत्पादन ११.८ प्रतिशतले घटेको छ । तर, यो क्रमिक सुधार भएको बताइएको छ । यस्तै, चीनको उत्पादन १.६ प्रतिशतले घटेको छ, यो अघिल्लो महिनाको ९ प्रतिशतको तुलनामा राम्रो हो ।

विश्वभरमध्ये एकतिहाइ गाडी उत्पादन हुने जापानमा समेत टोयोटाको उत्पादन ९.३ प्रतिशतले घटेको छ ।

अक्टोबरको तुलनामा नोभेम्बरमा बिक्री भएका टोयोटाका गाडीको संख्या १.७ प्रतिशतले बढेर ९ लाख २० हजार ५६९ पुगेको छ ।

बीवाईडी र अन्य चिनियाँ ब्रान्डहरूको विश्वव्यापी बजार विस्तारका बीच टोयोटाले पनि चीनमा विद्युतीय सवारी (ईभी) उत्पादन गर्ने तयारी गरेको छ ।

कम्पनीले सांघाईमा प्लान्ट स्थापना गरी लेक्सस लक्जरी ब्रान्डका लागि सन् २०२७ देखि ईभी उत्पादन गर्ने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार