अहिलेसम्म भारतबाट भ्रमणको निम्तो आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतबाट आफूलाई भ्रमणको निम्तो नआएको ‘ब्रिफिङ’ गरेका छन् । बुधवार बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक अवस्था र बाह्य सम्बन्धबारे ब्रिफिङ गर्दै ओलीले भारतबाट आफूलाई अहिलेसम्म भ्रमणको निम्तो आइनसकेको जानकारी गराएका हुन् ।

‘अहिलेसम्म भारतबाट भ्रमणको निम्तो आइसकेको छैन । सम्भवतः छिटै आउँछ भन्ने विश्वास छ’, सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो ।

Seti Hospital

त्यसक्रममा प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी चीन भ्रमणका क्रममा दुई देशबिच भएको बीआरआई सम्झौता नेपालको विकासका लागि दीर्घकालीन महत्वको हुने र त्यसबाट नेपालले विकासमा फड्को मार्न सक्ने बताएका थिए ।

यसअघि मङ्सिर २० गते चार दिने चीन भ्रमण पुरा गरेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नमा भारत भ्रमणको ‘एरेन्ज’ व्यवस्थापन गर्ने जवाफ दिएका थिए । 

ओलीले यस्तो बताए पनि अहिलेसम्म भारतले प्रधानमन्त्रीको भ्रमणका लागि तयारी र चासो दुवै नदेखाएको राजनीतिक तथा कूटनीतिक वृत्तमा चर्चा भइरहेको छ । 

केही समयअघि परराष्ट्रमन्त्री आरजु राणा देउवा जर्मनीबाट सिधै भारत आएपछि उनले प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउने चर्चा भएको थियो तर मन्त्री राणालाई समेत भारतीय पक्षले भेट नदिएपछि उनको आलोचना हुन पुगेको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार