काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
खनालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको जग्गा भारतीयहरूले कब्जा गरेको र नेपालतिरबाट सो क्षेत्रमा आवागमनको समेत समस्या भएको बताएका छन् । दक्षिणतिरबाट लगातार सो क्षेत्रमा भइरहेको अतिक्रमण रोक्न सरकारले कुनै कदम नचालेको खनालको आरोप छ ।
पूर्व प्रधानमन्त्री खनालले अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्