धनगढी : तिहारपछि विभिन्न मठमन्दिरमा हुने पूजापाठसँगैको यस वर्षका लागि मेला सकिएका छन् । धार्मिक परम्परा र यहाँको मौलिक संस्कृतिसँगै गरिने पूजापाठ र मेलापात सकिएका हुन् ।
नवदुर्गा गाउँपालिका–१, भाडीवन डाँडामा रहेको मस्टा भगवती मन्दिरमा पूजाआजासँगै लागेको मेला यो वर्षको अन्तिम मेला हो । सुदूरपश्चिम प्रदेशको मौलिक कला संस्कृति र धार्मिक परम्परा अनुसार पूजापाठ गरेर मनाइने जाँत मस्टा भगवतीको पूजापाठ सोमबार सम्पन्न भएको थियो ।
प्रत्येक वर्ष पूर्णिमा अर्थात् उग्रतारा भगवती मेला देहीजाँतको ठिक एक महिनापछि हुने मस्टा भगवती र नवदुर्गा जाँत विधिवत् रूपमा पूजापाठ भएसँगै यहाँका मठमन्दिरमा हुने विभिन्न देवीदेवताको मेला सकिन्छ । मेलामा देउडा खेल खेली जाँत सम्पन्न हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्