लागू औषध र घरेलु हिंसा मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

धनगढी : कैलाली र डडेल्धुराबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीले २०८० चैत्र ७ गते लागू औषध खैरो हेरोईन मुद्दामा २ महिना कैद सजाय तोकिएका टीकापुर नगरपालिका – २ अस्नेरीका २९ वर्षीय अशोक थापामगरलाई पक्राउ गरेको छ । उलनाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले बुधबार घर बाटै पक्राउ गरेको हो ।

यस्तै जिल्ला अदालत डडेल्धुराले घरेलु हिंसा मुद्दामा १ महिना कैद सजाय तोकि फरार रहेका नवदुर्गा गाउँपालिका –२ रन्तपाला घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका – ६ लालपुरमा बदै आएका २९ वर्षीय लक्ष्मण भट्ट र उनकी श्रीमती २५ वर्षीय कुन्ती भट्टलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

धनगढी सूचना

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधबार डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार