पालो कुर्दै रवि लामिछाने, बयान आज सुरु हुने

काठमाडौं : मुद्दा दायर भएको २ दिनसम्म पनि अदालतमा पुगेर बयानका लागि पालो कुरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछानेको बयान आज सुरु हुने भएको छ ।

सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएको र बुधबार सार्वजनिक बिदा भएका कारण अदालत नखुलेका कारण रविको बयानमा ढिलाई भएको हो । मुद्दा दायर हुनासाथ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रविलाई संघीय संसदको सांसद पदवाट निलम्बन गरिसकेका छन् ।

धनगढी सूचना

मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो । जसका कारण रविलाई अदालतमा लगिए पनि बयान भने सुरु हुन सकेको थिएन । आज पछाईको बयानपछि रविको बयान सुरु हुने जनाइएको छ ।

जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईले अदालतमा लिएको बयान सकिएको छ । छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान सुरु गरिएको छ । अब रबिको पालो आउने अनुमान गरिएको छ ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार