कञ्चनपुरको बेलौरीमा देखिए दुई वटा लक्ष्मण सारस

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका-७ मा रहेको नकैया सिमसार क्षेत्रमा दुई वटा लक्ष्मण सारस देखिएका छन् ।

हिउँदे आगन्तुक चरा लक्ष्मण सारस नकैया सिमसार क्षेत्रमा पहिलो पटक अभिलेख भएको नेपाल पंक्षी संरक्षण संघ (बीसीएन)मा कार्यरत हिरुलाल डङ्गौराले बताए ।

धनगढी सूचना

शुक्लाफाँटा नेचर गाइड एशोसिएसनका सुवन चौधरी र आफूले कञ्चनपुरमा पहिलो पटक लक्ष्मण सारस रेकर्ड गरेको उनको भनाइ छ । नेपालमा सारस (सारस क्रेन), कालो टाउके, लक्ष्मण र कर्याङकुरुङ गरी चार प्रजातिका सारस पाइने गरेका छन् ।

जसमध्ये लक्ष्मण सारस उत्तरी ध्रुवमा हिमपात भएपछि उपयुक्त बासस्थान र आहाराको खोजीमा नेपाल पुग्ने गरेको बताइन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार