घरमै पुगेर न्यानो सामग्री दिई १०८ वर्षीया बिर्मादेवी बडूलाई सम्मान

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालगाउँकी १०८ वर्षीया बिर्मादेवी बडूलाई सम्मान गरिएको छ । नगरपालिकाले उनलाई घरमै पुगेर न्यानो सामग्री दिई सम्मान गरेको हो  ।

ज्येष्ठ नागरिकलाई न्यानो सामग्री वितरण गर्ने क्रममा भेटिएकी बडूलाई दोसल्ला ओढाएर न्यानो सिरक र थर्मस प्रदान गरिएको उपप्रमुख कौशिला चन्दले बताइन् ।

धनगढी सूचना

उनका अनुसार पालिकाका ११ वटै वडामा ११० जना ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर सम्मानस्वरूप न्यानो सामग्री वितरण भइरहेको छ ।

सो वडाका अध्यक्ष हरिदत्त बडूले नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने मापदण्ड बनाएपछि घरपरिवार र समाजमा पनि ज्येष्ठ नागरिकप्रति सद्भाव बढेको बताए  ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार