भारतीय युवक एक हजार किलो हानिकारक महसहित पक्राउ

धनगढी : कैलालीको टीकापुरबाट करिब एक हजार किलो महसहित पक्राउ परेका १६ जना भारतीयविरुद्ध मुद्दा दर्ता गरिएको छ। प्रयोगशालामा परीक्षण गर्दा उक्त मह दुषित रहेको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

१५ जनाविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार र नाबालक भएकाले एकजनाविरुद्ध बालबालिकासम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकारी एवम् सूचना अधिकारी सुमन लामीछानेले बताए। 

SHIKHAR COOL TECH

टीकापुर प्रहरीले टीकापुरको एक होटेलबाट उनीहरुलाई गत मंसिर १६ गते नौ सय ४७ किलो चाकासहितको महसहित पक्राउ गरेको थियो। मिसावटयुक्त मह बिक्री गरेर ठगी गरिरहेको गुनासोका आधारमा टीकापुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

महमा मानिसको स्वास्थ्यलाई हानी हुने रसायन मिसावट गरेको पाइएको खाद्यले जनाएको छ। यस्तै चालु आर्थिक वर्षको साउनयता आठ वटा व्यवसायीक फमलाई कारबाहीको दायरामा ल्याइएको उनले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार