एजेन्सी : हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा आयोजित एउटा पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पत्रकार पनि रहेका हाइटीको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
देशकै ठुलो सरकारी अस्पताल स्टेट युनिभर्सिटी अफ हाइटी अस्पताल फेरि खोल्न लागिएको विषयमा पत्रकार सम्मेलन भइरहेको थियो । त्यो अस्पताल विद्रोही समूहले कब्जामा लिएको थियो । विद्रोही समूहलाई हटाएर सरकारले अस्पताल खोल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पनि उपस्थित हुने कार्यक्रम थियो ।
तर स्वास्थ्यमन्त्री उपस्थित भएका थिएनन् । आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको बीबीसीले जनाएको छ । क्यारेबियन देश हाइटी लामो समयदेखि द्वन्द्वको चपेटामा छ ।
प्रतिक्रिया दिनुहोस्