वनभोज खान गएका कञ्चनपुरका एक युवकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१० जिमुवाका २६ वर्षीय बिक्की भनिने विक्रम विष्टको मृत्यु भएको हो ।

मंगलबार वनभोज खान गएका उनको भीमदत्तकै चुरे क्षेत्रमा रहेको खन्या खोलामा चिप्लिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

धनगढी सूचना

विष्टसँग उनका अरू तीन जना आफन्त पनि वनभोज खान गएका र उनीहरूले प्रहरीलाई दिएको बयान अनुसार खोलाबाट माथि चुरे उक्लिँदा चिप्लिएर बिष्टको मृत्यु भएको प्रारम्भिक जानकारी गराइएको छ ।

चिप्लिएर घाइते भएका उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार