जाडो बढे पनि शून्यमा झरेको छैन डेंगु, सतर्क रहन आग्रह

काठमाडौँ : जाडो बढे पनि डेंगु सङ्क्रमण शून्यमा नझरेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार जाडो बढे पनि डेंगुको सङ्क्रमण महिना दिनमा २ सय जनाभन्दा कमलाई पुष्टि भइरहेको छ । 

जाडो याममा पनि तराई क्षेत्रबाट डेंगु सङ्क्रमित मासिक २ सय जनाको रिपोर्ट भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का प्रमुख डा.यदुचन्द्र घिमिरेले बताए । ‘जाडो भए पनि सङ्क्रमित लामखुट्टेले डेंगु सारिरहेको छ’ उनले भने– ‘दैनिक कम छ, मासिक १५० देखि २०० जनाको हराहरीमा डेंगु सङ्क्रमण देखिएको छ ।’

धनगढी सूचना

जाडोयाम भए पनि डेंगुको जोखिम कायम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन घिमिरेको सुझाव छ । नेपालमा यो वर्ष (सन् २०२३ ) मा ३४ हजार ३८५ जनालाई डेंगु सङ्क्रमण भएको छ । 

यसबाट १३ जनाको मृत्यु भएको छ । देशभरका ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको थियो । पछिल्लो समय तराई क्षेत्रकमा केही जिल्लाबाट डेंगु सङ्क्रमणको रिपोर्ट भइरहेको डा.घिमिरेले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार