उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल भारतको दिल्लीमा उपचारपछि घर फर्किएका छन् । 

दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा १६ दिन उपचार भएपछि हमाल  धनगढीस्थित घरमा फर्किएका हुन् । ‘अहिले म घरमै आराम गरिरहेको छु,’ मेयर हमालले भने, ‘फिजिसियन डा. विकास रिजाल र अहेब दिनेश ठकुल्लाले बिहान र बेलुका आएर स्वास्थ्य जाँच गरिरहनुभएको छ ।’

धनगढी सूचना

मेयर हमालका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । ‘बिहान भेट्न आउने साथीहरूको सहारा लिएर हिँड्छु,’ उनले भने, ‘दिउँसो औषध खाएर आराम गर्छु । ३ बजेपछि फिजियो थेरापी गर्ने गरेको छु ।’

मेयर हमाललाई स्वास्थ्य समस्या देखिएपछि २१ मंसिरमा धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कघात भएको चिकित्सकले बताएपछि हमाललाई थप उपचारका लागि २२ मंसिरमा दिल्ली लगिएको थियो । त्यहाँ हमालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार