कंचनपुर स्थित अरनिको आधारभुत बिद्यालयको ४६ औं वार्षिकोत्सब समारोह सम्पन्न

कञ्चनपुर : कंचनपुरको पुनर्वास नगरपालिका–२ मा अवस्थित अरनिको आधारभुत बिद्यालयको ४६ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ ।

शनिबार एक भव्य समारोहका बीच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले ४६ औं वार्षिकोत्सब समारोहलाई उद्घाटन गरेका हुन्। प्रमुख अतिथी नगर प्रमुख शर्माले अहिले शिक्षा व्यवस्था लचिलो भएसँगै बिद्यालयहरुमा शैक्षिक स्तर खस्किदो देखिएपनि यसलाई सुधारमा आफु निरन्तर केन्द्रित रहेको बताए ।

धनगढी सूचना

उहाँले नगरपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न र पर्याप्त भौतिक पुर्वाधारका विषयमा नगरपालिकाले सक्दो प्रयास गरिरहेको जानकारी दिए ।

सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले अन्य बिद्यालयहरुबाट आउने बिद्यार्थीहरु भन्दा अरनीको बिद्यालयका बिद्याथीहरु पढाईमा बलियो देखिएको बताए ।

प्रधानाध्यापक तामाङले बिद्यालयको भौतिक अवस्था,शिक्षक दरबन्दीको अवस्था र आगामी दिनमा सुधार गर्न आवश्यक विषयलाई उपस्थित माझ जानकारी गराएका थिए ।

कार्यक्रमको समापनमा बोल्दै बिद्यालयका अध्यक्ष दाउत तामाले बिद्यालयमा गुणस्तरीय शिक्षाका लागि आफु लागिपरिरहेको जानकारी दिए । उहाँले पहिलेको तुलनामा बिद्यार्थी संख्यामा समेत वृद्धि हुँदै गईरहेको र आगामी दिनमा अंग्रेजी माध्यम तर्फ ध्यान केन्द्रित भएको सुनाए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाउत तामाङको सभाध्यक्षमा सम्पन्न समारोहको विशिष्ट अतिथीमा पुर्व राष्ट्रिय सभा सदस्य ईन्दु कडरिया,वडा नम्बर २ का वडाध्यक्ष डम्बर बहादुर थापा थिए, भने विभिन्न व्यक्तिहरु अतिथीमा आसिन रहेका थिए ।

नव आगन्तुक शिक्षक–शिक्षिकाहरुलाई र अक्षयकोषदाता शिव बिष्टका बुवाआमालाई सम्मान समेत गरिएको थियो । त्यसैगरी कार्यक्रममा बिधार्थीहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए । शिक्षिका भुवनेश्वरी भट्टको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमलाई सञ्चालन शिक्षक भानुभक्त जोशीले गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार