बाजुराको बुढीगंगाका महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै धुवाँरहित पालिका बनाइने

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकालाई धुवाँरहित पालिका बनाइने भएको छ । नगरपालिकाले महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै सुधारिएको चुलोमार्फत दुई वर्षभित्र धुवाँरहित पालिका घोषण गर्ने तयारी गरिरहेको हो ।

नगरप्रमुख रामबहादुर बानियाले महिलालाई भएको कार्यबोझमा कमी ल्याउनुका साथै धुँवा धुलोको कारण लाग्ने रोगबाट बचाउने उद्देश्यका साथ पालिकालाई २ वर्षभित्र धुवाँरहित घोषणा गर्ने अभियानमा लागेको बताए । उनका अनुसार प्राटिकल एक्शनको आर्थिक सहयोग र आस्था नेपालको प्राविधिक सहयोग तथा समन्वयमा सुधारिएको चुलो वितरणको काम भइरहेको छ ।

धनगढी सूचना

पालिकामा दुई वर्षमा ४ हजार ५५४ घरपरिवारमा धुवाँरहित चुलो पुर्याउने गरेर सहमति भई वडा नम्बर ९ र १० बाट सो कार्यको थालनी भइसकेको नगरप्रमुख बानियाले बताए । पालिकालाई धुवाँमुक्त गर्ने अभियानमा यो वर्ष २ हजार ५ सय परिवारलाई सुधारिएको चुलो वितरण गरिने उनले बताए ।

धुवाँका कारण लाग्ने रोगमा कमी, वन फँडानी नियन्त्रणजस्ता प्रत्यक्ष फाइदाका अलावा पर्यावरणमा समेत सहयोग पुर्याउने उद्देश्यका साथ सुधारिएको चुलो वितरण कार्यक्रमलाई अगाडि बढाइएको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार