गाडीसहित मालपोतमा थन्किए लाखौँका सम्पत्ति, न प्रयोगमा ध्यान, न बेच्नमा चासो

भक्तराज जोशी

धनगढी । मालपोत कार्यालय कैलालीमा थुप्रै काम नलाग्ने सवारी साधन र सामान वर्षौंदेखि थनकाएर राखिएका छन् ।

तर न ती सम्पत्ति प्रयोग गर्न मिल्ने अवस्थामा छन्, न मर्मत गरेर प्रयोगमा ल्याइएका छन्, न त प्रयोगविहीन सामान बेच्नेतर्फ ध्यान नै दिइएको छ । मालपोत परिसरमा ती सम्पत्ति केवल  असोभनीय अस्थिपंजर बनेर थन्किएका छन् ।

धनगढी सूचना

अहिले मालपोत कार्यालय कैलाली परिसरमा एउटा से १ झ २५१ नम्बरको टोयोटाको कोरोल्ला अल्टिस कार र अर्को जीप थन्काएर राखिएको छ । तर थन्किएको वर्षौं हुँदा पनि ती सवारी साधन चलाउने वा लिलाम गर्ने भन्ने टुंगो लागेको छैन ।

अर्कोतर्फ मालपोत कार्यालय भित्र पनि भाँचिएका, टुटेफुटेका सोफा र कुर्सीहरु पनि यत्रतत्र फालिएका देखिन्छन ।

मालपोत कार्यालय कैलालीका प्रमुख मालपोत अधिकृत प्रेम बहादुर दौल्यालले पनि मालपोत कार्यालयमा थन्किएका सार्वजनिक सम्पत्ति व्यवस्थापन गर्न नसकेको स्वीकार गरेका छन ।

उनले अहिले सेवाग्राहीको चापलाई धान्न सक्ने क्षमता अनुसार मालपोत कार्यालयको भवन र भौतिक संरचना अभाव भएको बताए । ‘२१औँ शताब्दिको चाप धान्न सक्ने क्षमताको संरचनाको अभाव छ’, उनले भने, ‘त्यसैले पनि सार्वजनिक सम्पत्तिको सहि रुपमा व्यवस्थापन गर्न सकेका छैनौँ ।’

यस्तै उनले मालपोत कार्यालयमा थन्किएका सम्पत्तिहरू लिलाम गर्नुपर्ने र नगर्नुपर्ने छुट्याएर लगत संकलन गर्ने काम भइरहेको भन्दै प्रयोगमा नआएका सम्पत्तिको छिट्टै व्यवस्थापन गर्ने बताएका छन ।

दौल्यालका अनुसार नेपाल सरकारले पनि मालपोत कार्यालयमा थन्किएका सार्वजनिक सम्पत्ति लिलाम गर्न पटकपटक परिपत्रसमेत गरिसकेको छ । तर प्रक्रिया मिलाउने काममा ढिलाई हुँदा सम्पत्तिको लिलामी प्रक्रियामा पनि ढिलाई भएको उनले बताएका छन् ।  

‘सवारी साधनको लिलामी प्रक्रिया अलि गाह्रो हुने रहेछ, त्यसले गर्दा पनि अलि असहज अवस्था सृजना भएको छ’, उनले भने, ‘सबै प्रक्रिया सक्ने बित्तिकै सबै सम्पत्तिको व्यवस्थापन गर्छौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार