सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई धर्म परिवर्तन गर्न लगाउने चर्चका पास्टर पक्राउ

धनगढी : कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए।

SHIKHAR COOL TECH

उनकाअनुसार धर्म परिवर्तन शिर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ।

भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गर्ने बाहानामा विद्यार्थीहरुलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ।

उनले लम्कीचुहा नगरपालिका–१ मा रहेको शहिद स्मृती माध्यमिक विद्यालयमा विद्यार्थीलाई बाइबल र इसुको बारेमा प्रचार गर्दै ईसाइ धर्म अंगाल्न अनुरोध गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडियो सार्वजनिक भएपछि नै प्रहरीले यसबारे चासो लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार